२६ कार्तिक २०८३, बिहिबार

मन्त्री बन्ने निश्चित भएपछि लेखा समिति सभापति शर्माले राजीनामा दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Janardan-sharma-Prabhakar-1

काठमाडौँ, २८ साउन । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिने जानकारी दिनुभएको छ ।

समितिको आजको बैठकको प्रारम्भमा उहाँले सो जानकारी गराउँदै बदलिँदो राजनीतिक परिस्थितिमा आफूले पदबाट राजीनामा दिन लागेको बताउनुभयो । स्रोतका अनुसार शर्मा माओवादी केन्द्रबाट सरकारमा मन्त्री बन्ने निश्चित भएपछि राजीनामा दिन तयार हुनुभएको हो ।

दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको व्यवस्थापिका–संसद्अन्तर्गतको सो समितिको सभापति पदमा शर्मा सर्वसम्मत चयन हुनुभएको थियो । रासस