काठमाडौं । वि रिड ले वरिष्ठ पत्रकार किशोर नेपालको पुस्तक ‘मिडिया : सिद्धान्त सुत्र र प्रयोग’ र पत्रकार जनकराज सापकोटा द्वारा लिखित पुस्तक “कहर” वि रिड एपमार्फत बजारमा ल्याएको छ । यस अघि वि रिड ले अघि बढौ, सिडिओका सत्र बर्ष, क्रसिङ स्याडो, फ्याक्ट्स अफ नेपाल, धर्सो लगायतका किताबहरू एपमार्फत बजारमा ल्याएको थियो ।
वि रिड एपमार्फत मोबँईल, ट्याब, ल्यापट जस्ता डिभँईसमा किताब पढन सकिन्छ । विश्वभरमा छरिएर रहेका नेपालीहरूका लागि पढ्न सजिलो होस् भन्ने उद्धेश्यले देवनागरी लिपीमा एपमा पुस्तक राखिएको छ । यसका अलवा दशभन्दा धेरै प्रकाशकहरूका तीन सय किताबहरू एन्ड्रोइड र आइओ एसमार्फत पढ्न सकिने छ । नेपालभीत्र रहेका १६ हजार भन्दा धैरै ई सेवा जोन मार्फत डिजिटल पुस्तक किन्न सकिनेछ । त्यसका निम्ती ई सेवा जोनमा गएर पाठकले कम शुल्कमा विद्युतिय भर्सनमा किताब किन्न पाउनेछन् । विदेशमा रहेकाहरूले डेविट–क्रेडिट कार्ड मार्फत पे–पालबाट किन्न सक्नेछन् ।
चार दसक भन्दा लामो समय देखी निरन्तर पत्रकारिता, लेखन र साहित्यमा क्रियाशिल किशोर नेपालको यो पछिल्लो कृती हो । मिडियाको पछिल्लो स्वरुप, विकासक्रम र मिडियाको भूमिका माथी नेपालको विषद् बुझाई, धारणा र टिप्पणी पुस्तकमा समेटिएको पुस्तकमा १४ खण्ड छन् । नेपाली मिडियाको स्वरुप, विकासक्रम र प्रवृत्ती बुभ्mनका निम्ती पुस्तक प्रभावकारी छ ।
त्यसै गरी पत्रकार जनकराज सापकोटाको पुस्तक “कहर” साढे तीन बर्षको स्थलगत अध्ययन बाट तयार पारिएको हो । कहरमा वैदेशिक रोजगारीले पारेको सामाजिक, सांस्कृतिक र आर्थिक प्रभाव समेटिएको छ । पुस्तकमा १३ जिल्लाका विभिन्न पात्र र समाजको कथा समेटिएको छ । ‘कहरका अध्यारा कथा पढ्दा पाठकको आँखा रसाउछ ।’ लेखक सापकोटाले भने, ‘पढ्नेको त आँखा रसाउछ भने भोग्नेको व्यथा कस्तो होला ।’ २ सय ३८ पृष्ठमा समेटिएको पुस्तक ८ विभिन्न शिर्षकमा बाढिएको छ ।
















प्रतिक्रिया