२६ कार्तिक २०८३, बिहिबार

नुवाकोटमा अर्काे हेलिकप्टर ठूलो दुर्घटनाबाट बच्यो, इन्जिन खराब हुँदा फोर्स ल्यान्डिङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mountain-air

काठमाडौं, २७ साउन । फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना भएको सातादिन नवित्दै नुवाकोटमै अर्काे हेलिकप्टर ठूलो दुर्घटनाबाट जोगिएको छ ।

इन्जिनमा खराबी देखिएपछि गोरखाको सिर्दिबासबाट ४ जना यात्रु लिएर आएको माउन्टेन एयरको ‘नाइन एन एएलक्यू’ कलसाइन भएको हेलिकप्टर नुवाकोटको महादेवफाँटमा अकस्मात फोर्स ल्यान्डिङ गरेको नुवाकोट प्रहरी प्रमुख एसपी देबबहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना भएको ठाउँ नजिकै फोर्सल्यान्ड गराइएको हेलिकप्टरमा पाइलटसहित सबै पाँच यात्रु सकुशल रहेका छन् ।

यसअघि सोमबार मात्रै नुवाकोटको मदनपुर–९ बेतिनी जंगलमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ७ जनाको मृत्यु भएको थियो ।