काठमाडौं, २७ साउन । सरकारले सम्बन्ध सुधार र नेपालको पछिल्लो राजनीतिक परिस्थितीबारे जानकारी गराउन दुई उपप्रधानमन्त्रीलाई भारत र चीन भ्रमणमा पठाउने निर्णय गरेको छ ।
विहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीभन्दा पहिला उपप्रधानमन्त्रीद्धय विमलेन्द्र निधीलाई भारत र कृष्ण महरालाई चीन पठाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका उपप्रधानमन्त्री महराले छिमेकी देशसँग सम्बन्ध सुधार, नयाँ सरकार गठनबारे जानकारी र आपसी मित्रता बढाउन भदौ महिनाभित्र उपप्रधानमन्त्रीले छिमेकी मुलुकको भ्रमण गर्ने जानकारी दिए ।
बैठकले महङ्गी, कालोबजारी, कृत्रिम अभाव र खाद्यवस्तुमा देखिएको मिसावटलाई नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।
कालोबजारीलाई प्रभावकारी ढङ्गबाट छिटोभन्दा छिटो अन्त्य गर्न गृहमन्त्रालय र आपूर्ति तथा वाणिज्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो । त्यसका लागि कानुनमा देखिएका अड्चन हटाउन कानुन संशोधन वा परिमार्जन गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।












प्रतिक्रिया