१ कार्तिक २०८३, आइतबार

भूकम्पको एक करोड हिनामिना गर्ने मिश्र सह-महामन्त्रीमा नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rakesh Mishra Ta Ma Lo Paकाठमाडौं, २७ साउन । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले विवादास्पद छविका व्यक्तिलाई सह–महान्त्रीमा नियुक्त गरेको भन्दै असन्तुष्टि चर्किएको छ ।

सह–महामन्त्रीमा राकेश मिश्रालाई नियुक्त गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको हो । मिश्र कट्टर हिन्दूवादी नेताका रुपमा परिचित छन् ।

पार्टीमा वरिष्ठ नेताहरू हुँदाहुँदै मिश्रलाई सह–महामन्त्री नियुक्त गर्दा कार्यकर्तामा नकारात्मक असर पर्ने एक नेताले बताए ।

मिश्र हिन्दू स्वयंसेबक संघको प्रचार बिभाग प्रमुख हुन् । संघले आफ्नो मुखपत्रको रुपमा प्रकाशित गर्ने ‘हिमाल दृष्टि’ पत्रिकाको सम्पादक रहेका मिश्रका विषयमा धेरै राम्रो राजनीतिक र सामाजिक प्रतिष्ठा नरहेको तमलोपाका नेताहरू बताउँछन् ।

मिश्र संघमार्फत नेपाललाई हिन्दू राष्ट्र कायम गराउन र हिन्दूत्वको संरक्षण एवम् सम्बर्द्धनका लागि भारतीय हिन्दूवादी संस्था आरएसएसका भातृसंगठनको रुपमा नेपालमा कार्य गर्दै आएको आरोप छ ।

भूकम्पको समयमा भारतीय जनता पार्टी र आरएसएसले पठाएको सहयोग रकम संघका तीन सहकर्मीसंग मिलेर मिश्राले १ करोड रुपैयाँ हिनामिना गरेको आरोप लाग्दै आएको छ । मिश्रले आफूलाई लाग्दै आएको आरोपका विषयमा केही बताएका छैनन् ।

तमलोपामा प्रवेश गर्नुअघिसम्म मिश्रले भारतीय हिन्दूवादी नेताहरूसंग सांठगांठ बढाउँदै आएको स्रोतको भनाइ छ ।