नैरोबी (केन्या), २७ साउन । वन्यजन्तु संरक्षणमा सक्रिय अन्तर्राष्ट्रिय परोपकारी संस्था वर्न फ्री फाउन्डेसनले बुधबार जङ्गलको राजा सिंहको सङ्ख्या अफ्रिकामा ६० प्रतिशतले कमी आएको जनाएको छ ।
सिंहको संरक्षणमा अहिल्यै सचेत रुपमा नलाग्ने हो भने लोपोन्मुख यस प्राणीलाई आगामी पुस्तामा केवले इतिहास वा कथाका माध्यमबाट मात्र चिन्नुपर्ने अवस्था आउने भनी संस्थाले संरक्षणमा थप सक्रियता देखाउन ध्यानाकर्षण गराएको हो ।
विश्व सिंह दिवसका अवसरमा नैरोबीमा विज्ञप्ति जारी गर्दै फाउन्डेसनले पछिल्लो तथ्याङ्क अनुसार अफ्रिकामा जम्मा २० हजार सिंह भएको जनाएको छ ।
विगत २१ वर्षमा पश्चिम, मधय तथा पूर्वी अफ्रिकामा सिंहको सङ्ख्या ६० प्रतिशतले कमी आएको बताउँदै यस लोपोन्मुख प्राणीको संरक्षणका लागि उच्च तवरले लाग्नुपर्नेमा उक्त फाउन्डेसनले बताएको छ ।
फाउन्डेसनका अध्यक्ष बिल ट्राभर्स ओबेले सिंहको बासस्थान विनास, संरक्षणको अभाव तथा यसले गर्ने चौपायाको शिकारका कारण किसानद्वारा मारिनेका कारण सङ्कटमा परेको बताउनुभयो ।
त्यसैले सम्बद्ध सबै सिंहको संरक्षणमा सचेत नहुने हो भने यसको पूर्ण विनास धेरै टाढा नरहने ओबेले बताउनुभयो । –सिन्ह्वा















प्रतिक्रिया