१ कार्तिक २०८३, आइतबार

बिजुली मसिनको ट्रेलर सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijuliकाठमाडौं । सम्भवत नेपालकै पहिलो साइस फिक्सन फिल्म ‘बिजुली मसिन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मका निर्देशक नवीन अवालले उर्जा संकटका कारण देशले भोग्नुपरेको नियति र आम नेपालीहरुमा देखिएको असहजता र अभावको दैनिकीलाई फिल्मले कलात्मक ढंगले देखाउने बताए । ‘फिल्मले नयाँ आविष्कारको निम्ति प्रयासरत साइमन नामक एक विद्यार्थी र अलौकिक क्षमता भएको विज्ञान संकायकै उसको साथी प्रतिकको कथालाई प्रस्तुत गरेको छ,’ निर्देशक अवालले भने,‘ यी दुवै विद्यार्थी समाजमा वैकल्पिक उर्जा श्रोत खोजी गर्नका लागि संघर्षरत रहन्छन् ।’

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले युवापुस्ताहरुले नयाँ कथामा फिलम निर्माण गरेकोमा खुशी व्यक्त गर्दै फिल्मको विषय आफ्ना लागि नौलो भएको बताए । नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य गगन थापाले पछिल्लो समयमा नेपाली फिल्ममा बदलाव आएको बताउँदै युवाहरुले चुनौतिपूर्ण किसिमले विज्ञानको कथामा फिल्म बनाएको भन्दै तारिफ गरे । कार्यक्रमका अन्य वक्ताले युवाहरुको प्रयासको सराहना गरेका थिए ।

कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, फूटबलर विमल घर्ती मगर, धावक सञ्जय पण्डित, सञ्चारकर्मी सिर्जना दुवाल श्रेष्ठ, व्यवसायी प्रसन्ना बस्नेत, समाजसेवी नलिन सेन थापा र विवकेशिल नेपालीबाट पुकार बमलाई सम्मान गरिएको थियो ।

सिलौटी इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेले निर्माण गरेको फिल्ममा अभिशेक सुवेदी, जीवन अधिकारी, रेलीजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भुषाल, कमलमणी नेपालको अभिनय रहेको छ । फिल्ममा महानायक राजेश हमाल विशेष भूमिकामा देखिनेछन् । फिल्ममा रिसव आचार्य, सञ्जिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेको लगानी छ । नविनकै लेखनमा तयार भएको फिल्म आगामी भदौ ३१ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।