काठमाडौं, २६ साउन । नाट्यकर्मी सुनिल पोखरेल बिरामी परेपछि परिवारजनले अस्पताल भर्ना गरेका छन् ।
वरिष्ठ नाट्यकर्मी पोखरेललाई स्वास्थ्यमा गम्भीर समस्या भएपछि बुधबार बिहान १ बजे नर्भिक अस्पताल भर्ना गरिएको आफन्तले जनाएका छन् । पोखरेललाई आइसियूमा राखेर उपचार गरिएको छ ।
पोखरेललाई सिजर एट्याक भएपछि अस्पताल ल्याइएको आफन्तको भनाइ छ । पोखरेललाई चिकित्सकहरू उच्च निगरानीमा राखेर उपचार गरिरहेका छन् ।















प्रतिक्रिया