२६ कार्तिक २०८३, बिहिबार

महङ्गी र कालोबजारी रोक्न निर्देशन दिएको छु : प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

????????????????????????????????????

काठमाडौं, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महंगी, कालोबजारी र अनियन्त्रित बजार अनुमगन गर्न मातहतका निकायलाई निर्देशन दिएको बताउनुभएको छ ।

बुधबार बालुवाटारमा भएको रिपोटर्स् क्लवका प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘महंगी बढेको, बजार अनियन्त्रित रहेको र कालोबजारी समेत बढेको कुराप्रति मेरो गम्भीर ध्यान गएको छ । मैले यसलाई नियन्त्रण गर्न र जनतालाई तत्काल राहत पुग्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छु ।’

प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिका लागि तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने गृहकार्य गरिरहेको पनि पत्रकारहरुलाई जानकारी दिनुभयो ।

अहिलेको चुनौति र अवसरपूर्ण क्षणमा दोस्रोपटक प्रधानमन्त्री भएकाले संविधान कार्यान्वयनसँगै आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने आफ्नो मूख्य जोड रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘विगतका तीता–मीठा अनुभवबाट निष्कर्ष निकालेर परिणाममुखी काम गर्नेछु । आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै सहमतिको वातावरण निर्माण गरी संविधान कार्यान्वयन, समयमै चुनाव सम्पन्न गर्ने र पूनर्निर्माणको कामलाई तिब्रता दिनेछु ।’