२६ कार्तिक २०८३, बिहिबार

कांग्रेस र माओवादीवीच छलफल हुँदै, राज्य पुनर्संरचनामा कराकानी हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-mao-madesi-morcha-meetingकाठमाडौं, २६ साउन । राज्य पुर्नंरचनाका विषयमा छलफल गर्न नेपाली कांग्रेस र माओवादी केन्द्रवीच आज छलफल हुँदैछ ।

सिंहदरबारमा दिउँसो दुई बजेपछि हुने छलफलमा राज्य पुनर्संरचनामा कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श हुनेछ । स्थानीय निकायको पुनर्संरचना गर्ने तयारी भइरहेका बेला कांग्रेस र माओवादी केन्द्रले सो विषयमा छलफल गर्न लागेका हुन् ।

स्थानीय निकायको संख्या घटाउन नहुने पक्षमा यी दुई दल रहेका छन् । आगामी मंसिरदेखि चैत महिनाभित्र स्थानीय निकायको चुनाव गर्ने तयारीमा रहेका कांग्रेस र माओवादी केन्द्रले विज्ञको सुझावका आधारमा अगाडि बढ्ने छन् ।

आजको बैठकमा उनीहरूले स्थानीय निकायको पुनर्संरचनामा कसरी अगाडि बढ्ने भनेर विज्ञहरूको धारणा सुन्न विज्ञहरूलाई बोलाएका छन् ।