२ कार्तिक २०८३, सोमबार

गतलाङ गाउँमा पर्यटक हिँड्ने बाटो निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goreto Batoरसुवा, २६ साउन । तामाङ सम्पदा मार्गअन्तर्गत उत्तरी क्षेत्रको गतलाङ गाउँमा पर्यटक हिँड्ने नयाँ गोरेटो बाटो निर्माण भएको छ ।

करिब ४०० घर रहेको गाउँ जाने गोरेटो नमुनाबाटो निर्माण सम्पन्न गरी गाउँको सुन्दरता बढाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष चेरसिंह तमाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटक रमाउने वातावरण सृजना गर्न गतलाङवासी अहोरात्र तल्लीन रहेका छन् ।” गतलाङ गाउँमा पुग्ने पर्यटक परम्परागत गाउँ, बस्ती, स्थानीय खाना, वेशभूषा, उकाली ओराली तथा पार्वतीकुण्ड लगायतका सम्पदामा रम्ने गरेको र पर्यटकको सुविधाका लागि स्तरीय होमस्टे पनि खुलिसकेको छ ।

गतलाङका युवा ग्रामीण गरिबी न्यूनीकरण गर्न पर्यटन क्षेत्रमा खटिरहेका छन् । गतलाङ गाउँको नमुना गोरेटोबाटो र नाली निर्माणका लागि पर्यटन विभागले रु १९ लाख सहयोग गरेको र नपुग रु छ लाख स्थानीय बासिन्दाले श्रमदान गरेको बताइएको छ ।

यस्तै, गैससको सहयोगमा सामुदायिक लजको भूकम्पपछिको मर्मत र वडा नं ४ मा सामूहिक भवन निर्माण कार्य पनि अगाडि बढाइएको अध्यक्ष तामाङले बताउनुभयो । रासस