२६ कार्तिक २०८३, बिहिबार

आमरण अनसनमा बसेका नेविसंघका नेता आईसियूमा, गगन थापा अस्पताल पुगे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NSU-hungger-strike.jpgकाठमाडौं, २५ साउन । आमरण अनशनमा बसेका नेपाल विद्यार्थी संघका नेता गणेश सापकोटा र रत्नहरि ढुङगेललाई ओम हस्पिटल लगिएको छ ।

अनसनमा बसेमा दुबै जनाको स्वास्थ्यअवस्था अत्यन्त चिन्ताजनक रहेकाले मंगलबार राति मोडल हस्पीटलबाट डिस्चार्ज गरी ओम हस्पीटल लगेको संघका नेता पिताम्वर भण्डारीले जानकारी दिए ।

उनका अनुसार कांग्रेस नेता गगन थापा पनि अनसनकारीसँगै ओम अस्पिटल पुगेका छन् । सापकोटा र ढुंगेलको सघन कक्ष (आईसियू)मा राखेर उपचार भइरहेको छ ।

सापकोटा र ढुंगेल करिव दुई हप्तादेखि आमरण अनसनमा रहेका छन् । उनीहरूले विधिवत महाधिवेशन हुने प्रत्याभूति नभएसम्म मृत्युपर्यन्त आमरण अनसन नतोड्ने अडान राखेका छन् ।