काठमाडौं, २५ साउन । पार्टी फुटाउने चेतावनी दिएर विनाविभागीय मन्त्री (मन्त्रालय पछि दिने सहमति)को शपथ लिएका राप्रपाका नवनियुक्त मन्त्री दीपक बोहरा ‘कट्टु’ लगाएर समर्थकसँग फोटो खिचाउँदा बिबादमा तानिएका छन् ।
मन्त्री बोहराले आफ्नो पदीय मर्यादा भुलेर नीलो कट्ट र कालो टि शर्टमा तस्बिर खिचाएर सार्वजनिक गरेका हुन् । आफ्ना तीन जना समर्थकसँग बोहराले आफ्नै निवास बालुवाटारमा हाँसेर तस्बिर खिचाएका थिए ।
उनले गलाभरि सयपत्री फूलको माला पनि लगाएका छन् ।
उनको यो तस्बिरको चारैतिरबाट आलोचना भई रहेको छ । सामाजिक सञ्जालहरूमा उनको यो तस्बिर भाइरल बनिरहेको छ ।
केपी ओली नेतृत्वको सरकारमा श्रम मन्त्रीको जिम्मेवारी सम्हालेका बोहराले कार्यसम्पादन राम्रो गर्न नसकेको भन्दै आलोचना भएको थियो । ओली स्वयंले पनि बोहरालाई बालुवाटारमा बोलाएर विदेशमा विशेष गरेर खाडी मुलुकहरूमा दुःख पाएका नेपालीहरूको सेवामा लाग्न निर्देशनै दिएका थिए । तर बोहराले काम गर्न सकेका थिएनन् ।
आफू मन्त्री बन्न नपाए राप्रपा फुटाइदिने चेतावनीपछि बोहरालाई यसपटक पुनः मन्त्री बनाइएको स्रोतको भनाइ छ । बिबादमा आइरहने बिबादास्पद छविका बोहराले कट्टु लगाएर तस्बिर खिचेर फेसबुकमा राखेपछि आलोचना भएको छ । सामाजिक सञ्जालमा बोहरालाई ‘कट्टु मन्त्री’को संज्ञा दिँदै खिल्ली उडाइ रहेका छन् ।
मन्त्री जस्तो व्यक्तिले आफ्नो पदको गरिमा कसरी कायम गर्नुपर्छ भनेर हेक्का राख्न नसक्नेले कसरी कार्यसम्पादन गर्ने हो राप्रपाका कार्यकर्ता आशंकित छन् ।











प्रतिक्रिया