१ कार्तिक २०८३, आइतबार

‘माइतीघर’का निर्देशक बी.ए. थापाको निधन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BS Thapaकाठमाडौं, २५ साउन । नेपाली फिल्मका वरिष्ठ निर्देशक बी.एस. थापाको भारतको मुम्बईस्थित निधन भएको छ । थापाले ‘माइतीघर’ फिल्म निर्देशन गरेका हुन् ।

यो फिल्ममा मालासिन्हा र सीपी लोहनीले प्रमुख भूमिका निभाएका थिए । ब्ल्याक एण्ड ह्वाइटमा तयार भएको ‘माइतीघर’का गीतहरू अहिले पनि उत्तिकै राम्रा र चर्चित छन् ।

निर्देशक थापाको मंगलबार बिहान आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ‘नेपाली चलचित्र क्षेत्रका महान निर्देशक बी.एस. थापाको मंगलबार भारतको मुम्बईस्थित निवासमा निधन भएको छ’, एकजना रंग पत्रकारले आफ्नो फेसबुकमा लेखेका छन् ।

नेपाली फिल्महरू निर्देशन गरेका थापाले भारतीय फिल्ममा पनि काम गरेका छन् । उनले नेपाली फिल्ममा सुरुवाती दिनमा पुगाएको योगदान उल्लेख्य रहेको छ ।