२६ कार्तिक २०८३, बिहिबार

चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न प्रचण्ड आतुर, चिनियाँ विज्ञले के भने ?

16.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-PM-vet
काठमाडौं, २५ साउन । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आतुर देखिएका छन् ।

उनलाई भेट्न बालुवाटार पुगेको चाइना इन्स्टिच्युट अफ कन्टेम्पररी इन्टरनेशनल रिलेसन्स (सीआईसीआईआर)को टोलीसँग प्रचण्डले राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न आफू आतुर रहेको बताएका हुन् । ‘ प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई नेपालले छिटै स्वागत गर्न पाउने अपेक्षा गर्दै दुई पक्षीय सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो,’ प्रचण्डका प्रस सल्लाहकार गोविन्द आचार्यले भने– ‘जवाफमा चिनियाँ विज्ञहरुले राष्ट्रपति सी ओजमा नेपाल आउनसक्ने संकेत दिए ।’

सीआईसीआईआरका अध्यक्ष जी झेई नेतृत्वको टोली बंगलादेश, भारत हुँदै नेपाल आएको हो । सीआईसीआईआर टोलीको नेपाल भ्रमणलाई चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका रुपमा हेरिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ अक्टोबर १५–१६ (असोज २९–३०) मा भारतको गोवामा हुने ब्रिक्स राष्ट्रहरुको आठौं सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । त्यही क्रममा राष्ट्रपति सीले नेपालसँगै बंगलादेशको पनि भ्रमण गर्ने तयारी रहेको अधिकारीहरुले बताएका छन् ।