काठमाडौं, २५ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम तय गरेको छ ।
शीर्ष नेताहरु नारायणकाजी श्रेष्ठ, राम बहादुर थापा ‘बादल’ र कृष्ण महरासँग परामर्श गरी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भागमा परेको ८ मन्त्रालयमध्ये बाँकी रहेका पाँच मन्त्रालयका लागि मन्त्रीको प्रारम्भिक टुंगो लगाएका हुन् ।
माओवादी स्रोतका अनुसार जनार्दन शर्माले उर्जा, राम कार्कीले सूचना तथा सञ्चार, प्रभु साहले कानुन, हितराज पाण्डेले संघीय मामिला तथा स्थानीय विकास र धनीराम (डीआर) पौडेलले शिक्षा मन्त्रालय सम्हाल्ने गरी छनोट प्रक्रिया अघि बढाइएको छ ।
यद्यपी माओवादी केन्द्रले औपचारिक निर्णय सार्वजनिक गरेको छैन् । आज बस्ने माओवादी केन्द्रको बैठकले मन्त्रीको नाम अनुमोदन गर्ने सम्भावना रहेको छ ।












प्रतिक्रिया