कञ्चनपुर, २५ साउन । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका क्षेत्रमा एक महिनादेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
बेल्डाँडीको मुटुमा रहेको चवन्नी बजारमा बिगत एक महिनादेखि ईन्टरनेट सेवा अवरुद्ध भएको हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
लुम्बिनी नेटवर्क प्रालि निजीबाट नेट सेवा संचालन गरेका नेटका प्रयोगकर्ताहरु हैरान भएका छन् ।
बेल्डाँडीमा एक मात्र आईएमयी सेवा रहेको र दैनिक सयौँ सेवाग्राहीहरुले सेवा लिनेकार्य अवरुद्ध भएको चवन्नीबजार ब्यवस्थापन समितिका कोषाध्यक्ष मोहन प्रसाद बडुले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल टेलिकमले यहाँ लेण्डलाईन दिएको भए यो समस्या टरेर जाने थियो, तर सरकारको बेवास्थाका कारणले यहाँका जनताले सास्ती खेप्नु परेको छ ।
नेट अवरुद्धका कारण कार्यालयको कामकाज, विदेशबाट पठाउने पैशा दैनिक कार्यका साथै संचार सेवा बाट दक्षिणी जनताहरु बञ्चित भएका छन् । सरकारी र सम्बन्धीत निकायको वेवास्थाका कारण दक्षिणी जनताको संचारको अधिकार समेत प्रभावित भएको उनको भनाई छ ।
बेल्डाँडीका स्थानिय तथा नेटका प्रयोगकर्ता प्रकास मालीले ईन्टरनेटमा आएको अवरुद्धले म जस्तै तमाम सेवाग्राहिले मर्का पाईराखेको बताए ।
नेपाली टेलिकमको चरम लार्पबाहीका कारण दक्षिणी जनताले नेट सेवाको हैरानी खेप्नु परेको उनको भनाई छ । अर्का सेवाग्राही देउमती रानाले नेटका कारण विदेशबाट पठाएको पैशाका लागि घण्टौँ कुर्नुपर्ने समस्या आएको बताए ।
‘पहिला मेरो श्रीमानले बिदेशबाट पैसा पठाउदा यहाँ पाउँन पाचँ मिनेट नलाग्ने अहिले यहाँ नेटमा आएको समस्याले एक घण्टा जति लाग्छ ।’
बेल्डाँडी नगरपालिकामा अहिले सम्म लेण्डलाईन नभएका कारण उक्त समस्या खेपिरहेको चवन्नी बजारका आईएमी संचालक शिव थापाले बताउनुभयो ।
















प्रतिक्रिया