१ कार्तिक २०८३, आइतबार

मजदुरको हडतालका कारण रेल सेवा अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PAY-Southern-Rail-train-strikeलन्डन (बेलायत), २५ साउन । बेलायतको दक्षिणपूर्वी भूभाग तथा लन्डनबाट बाहिर जाने रेल सेवा बेलायती रेल मजदुरले सोमबारदेखि घोषणा गरेको पाँच दिन लामो हडतालका कारण प्रभावित बनेको छ ।

बेलायतमा रेल सेवामा सन् १९६८ पछि भएका मध्य यो लामो हडताल मध्य एक हो ।

बेलायतको राष्ट्रिय रेल, सामुद्रिक तथा यातायात (आरएमटी) मजदुरद्वारा मुलुकको दक्षिणी क्षेत्रमा रेल कन्डक्टरको भूमिका घटाउने रेल यातायात सेवाको योजनाको विरोध गर्दै रेल मजदुर हडतालमा उत्रेका हुन् ।

रेलमा कन्डक्टरको भूमिकालाई रेल कम्पनीले ल्याएको स्वीचद्वारा ढोका खोल्ने र बन्द गर्ने व्यवस्था गरेको अवस्थामा कन्डक्टरको आवश्यकता नरहेको भन्दै हटाउने योजना रेल यातायात कम्पनीले ल्याउन लागेपछि हड्ताल गरिएको आरएमटी मजदुर सङ्घका महासचिव मिक क्यासले बताउनुभयो ।

रेल मजदुरले आफ्नो जागिर र यात्रुको सुरक्षालाई बेवास्ता गर्दै खासगरी दक्षिणी रेल यातायात कम्पनी गोभिया थेम्सलिङ रेलमार्ग सेवाले ल्याएको योजनाले यात्रुको सुविधामा समेत असर पर्ने बताउँदै यसमा आफूहरुले आन्दोलन सुरु गरेको मजदुर सङ्गठन आरएमटीका महासचिव क्यासलेले बताउनुभयो । –एएफपी