काठमाडौं, २४ साउन । राज्य पुनर्संरचनाका विषयमा छलफल गर्न सोमबारका लागि तोकिएको नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूको बैठक अचानक स्थगित भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताका लागि बैठक बुधबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्री दाहालको निजी सचिवालयका अनुसार राज्य पुनर्संरचनाका विषयमा छलफल गर्न विज्ञहरूको राय र प्रस्तुतीसहित कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक सोमबारका लागि बोलाइएको थियो ।
अब यो बैठक साउन २६ गते बुधबार २ बजे बस्नेछ । सोही बैठकमा मधेसी मोर्चाले उठाउँदै आएको राज्य पुनर्संचनाका विषयमा पनि छलफल हुनेछ ।











प्रतिक्रिया