२६ कार्तिक २०८३, बिहिबार

यी हुन् नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टर उडाउने पाइलट रञ्जन लिम्बू

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pilot-Ranjan-limbu

काठमाडौं, २४ साउन । नुवाकोटमा दुर्घटनाग्रस्त फिस्टेल एयरको हेलिकोप्टरमा सवार ७ जनाकै मृत्यु भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले हेलिकोप्टर नुवाकोटको मदनपुर– ९ बेतिनीस्थित टुच्चे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बताए । उनका अनुसार हेलिकोप्टरमा सवार एक सुत्केरीसहित ७ जनाको मृत्यु भएको छ । त्यसमा पाइलट रञ्जन लिम्बू पनि परेका छन् ।

गोरखाको फिलिमबाट विरामी बोकेर सोमबार दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौंका लागि उडेको हेलिकोप्टर नुवाकोट क्षेत्रमा आइपुगेपछि १२ बजेर ३५ मिनेट जाँदा सम्पर्कविहिन भएको थियो ।

को हुन् रञ्जन लिम्बू ?

Ranjan-limbu-with-crashed-chopper

आज दुर्घटनाग्रस्त हेलिकप्टर उडाउने रञ्जन लिम्बु अनुभवी पाइलट हुन् । झापा धाइजन– ६ पिपलडाँगी घर भएका रञ्जन सन् २०११ मा फिस्टेल एयरमा आवद्ध भएका थिए । को पाइलटबाट पाइलट भएका रञ्जनले १६ सय घन्टा जहाज उडाइसकेका थिए । २५ वर्षे रञ्जनका बुबा भक्तबहादुर ब्रिटिस लाहुरे हुन् । दुई भाइमध्ये कान्छो छोरा रञ्जनका सबै परिवार बेलायतमै बस्छन् । पारिवारिक स्रोतका अनुसार नेपालमै केही गर्छु भनेर बेलायतको आवासिय सुविधा छोडेर रञ्जन नेपाल आएका थिए । हाईअल्टीच्युटको समेत प्रशिक्षण लिएका लिम्बुले स्विटजरल्याण्डमा स्लीङ्ग अपरेशनको समेत प्रशिक्षण लिएका थिए ।

यसका अलावा उनी एक उत्कृष्ट फोटो ग्राफर पनी थिए । उनी जहाँ जान्थे त्यहाँका मनोरम दृश्य आफ्नो क्यामेरामा कैद गरिहाल्थे । उनको यही वानीका कारण केही विदेशी मिडियाले फोटोग्राफीबारे उनको अन्तर्वार्ता पनि लिएका थिए ।