२ कार्तिक २०८३, सोमबार

इलाम, पाँचथर र ताप्लेजुङका पन्ध्र सहकारी खारेज

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahakari

इलाम, २४ साउन । डिभिजन सहकारी कार्यालयले इलाम, पाँचथर र ताप्लेजुङमा निष्क्रिय रहेका, लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने १५ सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

कार्यालयले इलामका छ, पाँचथरका पाँच र ताप्लेजुङका चारवटा सहकारी संस्था खारेज गरेको हो । खारेजीमा पर्ने सहकारी संस्थामा कृषि, बहुउद्देश्यीय, बचत तथा विद्युत् रहेका छन् । विगत दुई आर्थिक वर्षदेखि आर्थिक कारोबारको विवरण तथा साधारणसभाको प्रतिवेदन नियमित रूपमा पेस नगरेको, लेखा परीक्षण पेस नगरिएको, कार्यालय सञ्चालन नगरिएकाले सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालयकी सहकारी निरीक्षक प्रमिला पौडेल (भण्डारी)ले जानकारी दिनुभयो ।

सहकारी ऐन, २०४८ मा प्रत्येक सहकारी सङ्घसंस्थाले गरेको कारोबारको विवरण तथा अन्य विवरण तोकिएको समयभित्र रजिस्टारसमक्ष पेस गर्नुपर्ने हुन्छ । यस्तै सहकारी ऐनको दफा ३४ बमोजिम डिभिजन सहकारी कार्यालयमा विवरण पेस गर्नुपर्ने प्रावधान छ । रासस