२६ कार्तिक २०८३, बिहिबार

चुनावी मैदानमा नेविसंघका तीन उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nain-sing-manojmani-and-kumdan

काठमाडौं, २४ साउन । मुलुककै ठूलो दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको आज दोस्रो दिन बन्द सत्र सुरु हुँदैछ । आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा बिहान ११ बजेपछि सुरु हुने भएको छ । करिब एक दशकपछि सुरु भएको महाधिवेशनका लागि पार्टी कार्यालय सानेपाबाट प्रतिनिधि प्रवेश पास वितरण भइरहेको छ । प्रतिनिधि प्रवेश पास वितरण सकिएपछि बन्द सत्र सुरु हुनेछ।

भातृ संगठनहरुमा पार्टीको हस्तक्षेपका कारण नेविसंघको महाधिवेशन पटक पटक तोकिएर पनि स्थगित हुँदै आएको थियो। महाधिवेशन नहुँदा नेविसंघ रुग्ण र जीर्णजस्तै बनेको थियो ।

करिब नौ वर्षपछि नेविसंघ तरंगीत भएको छ । पार्टी सभापतिमा शेरबहादुर देउवाको विजयसँगै उनले पार्टीको पहिलो बैठकबाटै ६ महिनाभित्र नेविसंघको महाधिवेशन गर्ने निर्णय गराएका थिए । पार्टी सभापति देउवाले पार्टीका सबैजसो केन्द्रीय सदस्य र नेविसंघका सयौं कार्यकर्ताका माझ भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन भएको हो ।

महाधिवेशनमा ३ हजार ४ सय प्रतिनिधि सहभागी छन्। ११ जिल्लाको प्रतिनिधि विवाद् समेत आजै समाधान गरिने स्रोतको दावी छ । तीन दिनसम्म चल्ने महाधिवेशनमा आजै मनोनयन दर्ता र मंगलबार मतदानको कार्यक्रम तय भएको छ।

अध्यक्ष पदका लागि सभापतिको पक्षबाट निवर्तमान उपाध्यक्ष नैनसिंह महर, बरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट मनोजमणि आचार्य र कृष्ण सिटौला पक्षबाट कुन्दनराज काफ्ले भिड्ने पक्का भएको स्रोतले बताएको छ । महरका कडा प्रतिस्पर्धी जीतजंग बस्नेतलाई पार्टीको केन्द्रीय समितिमा सम्मानजनक स्थान दिने गरी मिलाइएको  स्रोतको दावी छ ।

महाधिवेशनले एक अध्यक्ष, ११ जना उपाध्यक्ष, २ महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्षसहित १ सय २९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। त्यसवाहेक विभिन्न पदमा २२ जना मनोनित गरिने छन्।