२६ कार्तिक २०८३, बिहिबार

कांग्रेस, माओवादी र मधेसी मोर्चावीच छलफल हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhesi-morcha-650x360काठमाडौं, २४ साउन । सरकार गठनका बेला भएका तीन बुँदे सहमति कार्यान्वयन र सरकारका विषयमा छलफल गर्न कांग्रेस, माओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरूवीच आज छलफल हुने भएको छ ।

सिंहदरबारमा अपरान्ह हुने छलफलमा मधेसी मोर्चासँग भएको सहमतिका विषयमा छलफल हुनेछ । छलफलमा संविधान संशोधनको प्रस्ताव र नागरिकताका विषयमा पनि परामर्श हुन सक्ने तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले जानकारी दिनुभयो ।

‘प्रमुख तीन राजनीतिक शक्तिवीच आज छलफल हुने तयारी भएको छ’, वरिष्ठ नेता रायले भन्नुभयो, ‘सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयनमा छलफल केन्द्रित रहनेछ ।’

माग पूरा भयो भने सरकारमा जाने तयारी गरेको मधेसी मोर्चाले घाइते, मृत्यु भएका परिवारलाई क्षतिपूर्ति, मुद्दा फिर्तालगायतका विषयमा पनि जोडदार कुरा राख्दै आएको छ ।