काठमाडौं, २३ साउन । नेपाली सेनाले जाजरकोट–डोल्पा (दुनै) सडकको निर्माण गरेको छ ।
१ सय १७ दशमलब ७७ किलोमिटर सडक निर्माणको लक्ष्य लिइएकोमा सेनाले हालसम्म १ सय ४ किलोमिटर सडक निर्माण सम्पन्न गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । १ सय ४ किलोमिटर सडक निर्माण भएपछि डोल्पा जिल्ला प्रवेशको कार्य सम्पन्न भएको छ । जिल्ला प्रवेशको उद्घाटन प्रधान सेनापति राजेन्द्र क्षत्रीले गरे ।

यसअघि प्रधान सेनापति क्षेत्रीले रुकुम जिल्लाको मन्काबगरदेखि डोल्पा जिल्लाको त्रिवेणीसम्म ७७ किलोमिटर सडक खण्डको स्थलगत निरीक्षण गरेर यातायात शुभारम्भ गरेका थिए ।
















प्रतिक्रिया