१ कार्तिक २०८३, आइतबार

दर्शकले रुचाएनन् ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’लाई, बाजी मार्दै ‘प्रतिबिम्ब’ र ‘एक पल’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rija-Bhusalकाठमाडौं । शुक्रबार रिलिज भएका तीन फिल्म ‘सुन्तलीलाई भगाईलग्यो झिल्केले’, ‘प्रतिबिम्ब’ र ‘एक पल’ले राम्रो व्यापार गर्न नसकेको वितरक र फिल्म हलहरूले बताएका छन् ।

फिल्म रिलिज भएको दोस्रो दिन शनिबारका दिनभरिका शोहरूले पनि खासै दर्शक तान्न नसकेको फिल्म हलका काउन्टरको व्यापारले देखाएको छ ।

असी लाठमा निर्माण गरेको दाबी गरिएको फिल्म ‘सुन्तलीलाई भगाई लग्यो भिलकेले’को त झन् हालत खराब रहेको वितरणकहरूले बताए ।

‘कमेडी फिल्म भनेर हेरेको गीत पनि चोरेको रहेछ । यस्तो पनि फिल्म हुन्छ’, फिल्म हेरेर आएका कपन निवासी किरण गुरुङले भनिन्, ‘यस्ता फिल्म बनाउनुभन्दा नबनाएकै राम्रो ।’

शुक्रबार ‘सुन्तलीलाई भगाइ लग्यो झिल्के’, ‘एक पल’ र ‘प्रतिबिम्ब’ एकसाथ रिलिज भएका थिए । यी तीन फिल्मभन्दा बरु ‘प्रतिबिम्ब’ले राम्रो व्यापार गर्न सफल भएको एक वितरकले बताए ।