चितवन, २३ साउन । नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्यले ‘बाह्यशक्तिको आडमा बनेको सरकार’ले जनताको समस्या समाधान गर्न नसक्ने बताएका छन् ।
चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन गरेर अहिलेको समस्या समाधान हुन सक्दैन भन्दै संविधानमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए । ‘बाह्य शक्तिको आडमा बनेको सरकारको भर छैन्,’ भारततर्फ संकेत गर्दै वैद्यले भने– ‘यसले जनताको समस्या समाधान गर्न सक्दैन् ।’
उनले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी जिएमआरलाई दिएकामा संघर्ष जारी राख्ने जनाउँदै त्यसलाई तामाकोसी स्वरुपमा काम हुनुपर्ने बताए ।
अध्यक्ष वैद्यले पार्टीका नेता सिपी गजुरेलको नेतृत्वमा अब छिट्टै संयुक्त मोर्चा गठन गरेर नयाँ जनवादी दिशामा जाने जानकारी दिए ।












प्रतिक्रिया