२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री दाहाल र गच्छदारवीच परामर्श, सरकारमा सहभागी हुनेबारे कुराकानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vijaya Gachhadarकाठमाडौं, २३ साउन । सरकार विस्तारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारसँग परामर्श गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान भएको भेटवार्तामा फोरम लोकतान्त्रिकलाई पनि सरकारमा ल्याउने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री निर्वाचनमा दाहाललाई मतदान गरेका गच्छदारले सरकारमा सहभागी हुने जनाउँदै आएका छन् ।

प्रधानमन्त्री दाहालले छिट्टै विस्तार गर्ने भनिएको मन्त्रिपरिषदमा फोरम लोकतान्त्रिकका तर्फबाट पनि मन्त्री सहभागी गराउने जनाइएको छ ।

गच्छदारलाई सरकारमा जानबाट रोक्न कांग्रेसका विमलेन्द्र निधी र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सक्रिय भएर लागेको आरोप पनि छ ।