२६ कार्तिक २०८३, बिहिबार

उद्घाटन र रिबन काट्न अल्झने छैन : प्रधानमन्त्री दाहाल

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pm Puspakamal dahal Prachandकाठमाडौं, २२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन अपवाद बाहेक उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा नअल्झने बताउनुभएको छ ।

काठमाडौंको बनस्थलीमा शनिबार आयोजित गोरखा–काठमाडौं जनसम्पर्क मञ्चको एकता पाँचौं भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उद्घाटन र रिबन काट्ने कार्यक्रमबाट टाढा रहने बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘परिणाममूखी काम हुनुपर्छ भन्नेमा छु । यो कार्यक्रम प्रधानमन्त्री हुनु पूर्व नै तय भएकाले म आएँ, अब अपवाद बाहेक उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा अल्झने छैन ।’

भेलामा दाहालले १० माओवादीको एकतापछि नेकपा (माओवादी केन्द्र) ठूलो दल बनेको बताउनुभयो । ‘संसदमा हामी अहिले पनि तेस्रो दलकै रुपमा उपस्थित छौं । तर, १० माओवादीको एकतापछि हामी ठूलो दल बनेका छौं । एकतालाई जनतासम्म पु-याएर जनआकांक्षा पुरा गर्नतिर लाग्नु अवको प्राथमिकता हो’, उहाँले भन्नुभयो ।