२६ कार्तिक २०८३, बिहिबार

दाहाल र देउवावीच वार्ता, मन्त्रिमण्डल विस्तारबारे कुराकानी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand & Sherbahadur Deubaकाठमाडौं, २२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र मन्त्रिपरिषद विस्तारका विषयमा परामर्श भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटवार्तामा मन्त्रिमडल विस्तारका विषयमा परामर्श भएको हो । दाहाल र देउवावीच साना दलका साथै आआफ्ना पार्टीबाट सहभागी हुने मन्त्रीहरूका विषयमा पनि कुराकानी भएको बुझिएको छ ।

सरकार सञ्चालनका लागि आवश्यक सुझाव दिन गठन गर्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रका विषयमा समेत परामर्श भएको स्रोतले जनाएको छ ।