२६ कार्तिक २०८३, बिहिबार

प्यूठानमा तालिममा हिडेका सैनिकलाई माईक्रोबसले किच्यो, तीनको अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sainik-injured

– सलिम अन्सारी

भालुवाङ, २२ साउन । प्यूठानको दरर्भानमा माईक्रो बसको ठक्करबाट नेपाली सेनाका तीन जना जवान गम्भीर घाईते भएका छन् ।

शनिबार बिहान भालुवाङबाट प्यूठानको दर्भान जाँदै गरेको ना ३ ख ७०३३ नम्बरको माईक्रोले दरर्भान प्रहरी चौकीको चेक पोष्ट अगाडि ठक्कर दिंदा तीन सैनिक जवान गम्भीर घाईते भएका हुन् ।

माईक्रो ठक्करबाट रापेछाप जिल्ला फलासी—३ का ३३ बर्षीय सैनिक लेसनायक यज्ञप्रसाद पौडेल, धादिङ जिल्ला नौँबिसे—९ का ३५ बर्षीय लेसनायक धनकुमार थापा र चितवन जिल्ला नेभौली—५ का २५ बर्षीय अञ्चन महतो गम्भीर घाईते भएको प्रहरी चौकी दरर्भानका प्रहरी नायव निरीक्षक गणेश गिरीले जानकारी दिए ।

घाइतेलाई नेपाली सेनाको हेलिकोप्ट्रर मार्फत उद्धार गरि राजधानी लगिएको छ ।

गणका मेजर विकास बानियाको नेतृत्वमा १ सय २७ जना नेपाली सेनाको टोली प्यूठानको खलङ्गामा तालिमको लागि पैदल हिडिरहेको बेला माईक्रोले पछाडीबाट ठक्कर दिंदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

माईक्रोका सह-चालकले अत्याधिक मार्दकपदार्थ सेवन गरी गाडी चलाउँदा उक्त दुर्घटना भएको प्रहरी नायव निरिक्षक गिरीले बताए । ठक्कर दिने गाडी र सह-चालकलाई प्रहरी चौकी दरर्भानले नियन्त्रणमा लिएको छ ।