१ कार्तिक २०८३, शनिबार

रियो ओलम्पिकको औपचारिक उद्घाटन, फूपूले उचालिन नेपाली झण्डा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

(SP)BRAZIL-RIO DE JANEIRO-OLYMPICS-RIO 2016-OPENING CEREMONY

काठमाडौं, २२ साउन । ब्राजिलको राजधानी रियो द जनिरो शहरस्थित मराकाना रंगशालामा ओलम्पिक खेल–२०१६ को औपचारिक उद्घाटन भएको छ ।

म्याराथन धावक भेन्डेर्ले कोर्डेरो डे लिमाले नेपाली समयअनुसार शनिवार बिहान ८ः४० बजे ओलम्पिकको ज्योती प्रज्वलन गरेपछि ओलम्पिकका सुरु भएको हो ।

उक्त समारोहमा २ सय भन्दा धेरै देशका खेलाडीहरूले ७५ हजार दर्शकका सामु आआफ्ना देशका झण्डा बोकेर परेड गरेका थिए ।

(SP)BRAZIL-RIO DE JANEIRO-OLYMPICS-RIO 2016-OPENING CEREMONY

अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटिका अध्यक्ष थोमस बाखले साझा मानवीयताको ओलिम्पिक मूल्य मान्यतानै वर्तमान विश्वमा व्याप्त संकट, अविश्वास तथा अनिश्चयपनाको जवाफ भएको बताए ।

ओलम्पिकमा ३ सय ८ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । कार्यक्रमको सभापतित्व ब्राजिलका अन्तरिम राष्ट्रपति मिकेल टेम्परले गरेका थिए ।

फूपूले उचालिन नेपाली झण्डा

nepal in rio (2)

ओलम्पिक उदघाटनमा नेपालकी जुडो खेलाडी फुपु ल्हामु खत्रीले नेपाली झण्डा बोकेर मार्च पास गरेकी थिइन् ।

दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेकी फुपूल्हामु खत्रीले नेपाली टोलीको नेतृत्व गर्दै ओलम्पिकमा नेपालको झण्डा उचालेकी हुन् । फुपू नेपालको ठूलो झण्डासहित अघिअघि हिँडेकी थिइन् भने नेपाली टोलीका अरु उनको पछिपछि सानो आकारको झण्डा लिएर हिँडेका थिए ।