काठमाडौं, २२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न ईच्छुक रहेको बताउनुभएको छ ।
शुभकामना दिन शनिबार बिहान बालुवाटार पुगेको नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्वको टोलीसँग दाहालले नीजि क्षेत्रसँग मिलेर काम गर्न ईच्छुक रहेको बताउनुभएको हो ।
‘यहाँहरूसँग थप छलफल गरेर आर्थिक क्षेत्रमा गुणात्मक प्रगति हासिल गरिनेछ’, दाहालले भन्नुभएको छ ।
भेटका क्रममा उद्योगी व्यवसायीहरूले सरकारले नीजि क्षेत्रसँगको सहकार्य गर्ने अपेक्षा गरेका थिए । उनीहरूले नीजि क्षेत्र सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्ध रहेको बताए ।











प्रतिक्रिया