कपिलवस्तु, २२ साउन । कपिलवस्तुमा घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
शुक्रबार राति घरको बरण्डामा बसेर खाना खाइरहेका बेला पक्की घरको छत भत्किँदा च्यापिएर गुगौली–५ तिनघरवामा एकै परिवारमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक सुनिल कुमार प्रधानका अनुसार मृत्यु हुनेमा २५ वर्षीया सत्यवती भर, १२ वर्षीय मनवरी भर र ५ वर्षीय श्यामसुन्दर भर रहेका छन् ।
घटनाका घाइते चिन्नी भरको मेडिकल कलेज भैरहवामा उपचार भैइरहेको छ ।












प्रतिक्रिया