मुम्बई । अभिनेत्री फ्लोरा सैनीले फिल्म ‘बेगम जान’मा अभिनेत्री विद्या बालनसँग काम गर्ने क्रममा आफूले धेरै कुरा सिक्न पाइएको बताएकी छिन् । विद्या बालनको काम गर्ने कार्यशैलीबाट आफू निकै प्रभावित भएको बताएकी छिन् ।
सन् १९३७ मा विभाजन भएको भारतको विषयमा आधारित ‘बेगम जान’ फिल्मलाई श्रीजीत मुखर्जीले निर्देशिन गरेका हुन् । फिल्ममा विद्या बालनको मुख्य भूमिका छ ।
हालै नागेश कुकुनूरको फिल्म ‘धनक’मा डेब्यू गर्न लागेकी सैनीले भनेकी छिन्, ‘सुवाती दिनमा ‘द डर्टी पिक्चर’की सुपरस्टार अभिनेत्रीसँग काम गर्दा अलि दबाब महसुस गरेकी थिए । तर त्यस्तो कुनै महसुस भएन ।’
सैनीले भनेकी छिन्, ‘फिल्मका विषयमा हामीलाई एक महिनाको कार्यशाला दिइएको थियो । त्यसमा विद्या बालन पनि सहभागी थिइन् । म कार्यशालामा गएका बेला विद्या बालनको अगाडि दबाव महसुस गरेकी थिए । सेटमा त्यस्तो कुनै दबाब भएन । उनीसँग काम गर्दा धेरै कुरा सिक्न पाएँ ।’
‘बेगम जान’ फिल्म सन् २०१५ मा आएको बंगाली फिल्म ‘राजकाहिनी’को रूपान्तरण हो । ‘राजकाहिनी’लाई पनि निर्देशन श्रीजीतले नै गरेका थिए । – एजेन्सी















प्रतिक्रिया