११ कार्तिक २०८३, बुधबार

मन्त्री र सचिवहरूले यसरी लिन्छन् पैसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Rupees 1000काठमाडौं, २२ साउन । मन्त्री र सचिवहरुले विकास निर्माण आयोजना लागतको १५ देखि २० प्रतिशत रकम मन्त्री र सचिवहरुले खाने गरेको आरोप लगाएका छन् । त्यो पनि संसदीय समितिको बैठकमा । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

बिहीबार बसेको विकास समितिको बैठकमा निर्माण व्यवसायी महासंघका विष्णु बुढाथोकीले विकास र निर्माणसम्बन्धी मन्त्रालयका मन्त्री र सचिवले आयोजना सुरु हुनुअघि नै पैसा माग्ने गरेको दाबी गरे ।

विकास समितिमा बोलाइएका निर्माण व्यवसायीहरुलाई सांसदहरुले विभिन्न प्रश्न गरेपछि व्यवसायीले मन्त्री र सचिवलाई आरोप लगाए ।

ठेक्कामा गरेका काम समयमा नसकिने, लामो समय नटिक्ने र गुणस्तरीय नहुने भन्दै सांसदहरुले प्रश्न गरेका थिए ।

प्रश्नको जवाफमा बुढाथोकीले मन्त्री र सचिवहरु विकासे मन्त्रालयमा पैसा हुन्छ भन्दै आउने गरेको बताए ।