११ कार्तिक २०८३, बुधबार

उच्च हिमाली भाग हुँदै नेपाल जोड्न रेलमार्ग निर्माण सम्भव : चीन

11.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tibet-railwayकाठमाडौं, २२ साउन । चीनका पूर्वाधार विज्ञहरुले उच्च हिमाली भाग हुँदै नेपाल जोड्ने रेलमार्ग निर्माण आर्थिक र प्राविधिक रुपमा सम्भव रहेको बताएका छन् ।

त्यसबाट चीन, नेपाल र दक्षिण एसिया नै लाभान्वित हुने उनीहरुको भनाई छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘सिगात्से–केरुङ रेलमार्ग नयाँ हिमालयन रेल निर्माण गर्ने चिनियाँ प्रविधि सम्भव शिर्षकमा शुक्रवार चाइना डेलीले प्रकाशित गरेको समाचारमा त्यस्तो जनाइएको हो ।

विज्ञहरुको भनाइ उद्धृत गर्दै समाचारमा तिब्बतबाट दक्षिण एसियासम्म रेल्वे लाइन बनाउने अनुभव चीनसँग रहेको र त्यो प्राविधिक हिसाबले सम्भव रहेको उल्लेख छ ।

चाइना डेलीका अनुसार प्रतिघन्टा सय किलोमिटरका दरले विश्वका उच्च हिमाली क्षेत्र र पुरानो हिमखण्डबाट रेल कुद्ने सपना अब लामो छैन ।

‘प्रतिघन्टा तीन सय ५० किलोमिटरको द्रुतगतिमा १९ हजार किलोमिटरभन्दा बढी किलोमिटरमा तिब्बतदेखि दक्षिण एसियाली प्रायद्वीपसम्म रेल्वे लिक निर्माण गर्न चीनसँग प्रविधि र पुँजी दुवै छ’, चाइना तिब्बतोलोजी रिसर्च सेन्टरका विज्ञहरुलाई उदृत गर्दै चाइन डेलीले लेखेको छ, ‘हिमालय रेल्वे तिब्बतको सिगात्सेबाट सुरु भएर सीमावर्ती ल्यान्डपोर्टनजिकको केरुङसम्म पुग्नेछ । यद्यपि यो उच्च गतिको रेल्वे हुनेछैन ।’