११ कार्तिक २०८३, बुधबार

यी हुन् पाँच हजारमा छोरी विक्री गर्ने बाबु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Balbibahaसुनसरी, २२ साउन । सुनसरी जिल्लाको इटहरीको रामगनर भुटाह गाविस ५ का खलखल मरिकले बेहुला पक्षबाट पाँच हजार रुपैयाँ लिएर आफ्नी १२ वर्षीया नावालिका छोरीको विवाह गरिदिएका छन् ।

सुनसरीको दक्षिणी क्षेत्रमा रहेका अधिकांश गाविसमा बालबालिकाको विवाह गर्ने क्रम नरोकिएको समाचार संकलनका क्रममा गएका सञ्चारकर्मीसमक्ष खलखलले गरिबीका कारण आफू नाबालिका छोरीको विवाह गर्न बाध्य भएको बताए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

उनले छोरी प्रमिलाको विवाह गर्दा सप्तरी घर भएका ज्वाइँ प्रभु मरिकले पाँच हजार दिन राजी भएपछि छोरीको विवाह गरिदिएको सुनाए । १२ वर्षमा विवाह गरेकी खलखल मरिककी छोरी प्रमिला अहिले १७ वर्ष पुगेकी छिन् ।

१२ वर्षमा बालविवाहको सिकार बनेकी प्रमिला दुई सन्तानकी आमा भइसकेककी छन् । उमेर नपुगी गर्भ बसेपछि प्रमिलाको पहिलो सन्तानको निधन भयो ।

उनले वर्ष दिनपछि अर्को सन्तान छोरा जन्माएकी थिइन । पहिलो सन्तान खेर गएको एक वर्ष नपुग्दै जन्मिएको प्रमिलाको दोस्रो सन्तानको पनि स्वास्थ्य अवस्था राम्रो छैन् ।

छोरो जन्माएपछि उनको घरपरिवारमा खुसीयाली छाएपनि प्रमिलाको जीवन भने कहाली लाग्दो छ ।