११ कार्तिक २०८३, बुधबार

बंगलादेशमा समेत नेपालीहरूको तस्करी, ४६ जना अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhaka Bangaladeshकाठमाडौं, २२ साउन । एक बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ढाका पुगाएर ४६ नेपालीलाई अलपत्र छाडेका छन् ।

ती नेपालीलार्इ उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको बंगलादेशस्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीलले जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

ओलीका अनुसार ढाकास्थित एक रेस्टुरेन्टमा जागिर लगाइदिने भन्दै ती बंगलादेशी दलालले उनीहरुलाई जेठ दोस्रो साता पर्यटक भिसामा त्यहाँ पुगाएका थिए ।

सुरुमा पर्यटक भिसामा बंगलादेश पुगाइएका उनीहरुको भिसाको म्याद सकिएपछि दलालले वर्किङ भिसा मिलाइदिने भन्दै फसाएपछि उनीहरु गैरकानुनी ढंगले बस्न बाध्य भएका थिए ।

ती बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ४६ नेपालीबाट ८० लाख रुपैयाँ उठाएको बताइएको छ । ठगिनेमा नेपालीबाट बिजनेस भिसा लिउरु जानेहरु छन् ।