२६ कार्तिक २०८३, बिहिबार

प्रचण्डले ओली सरकारकै निर्णय दोहोर्याए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-prachanda

काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सरकारकै निर्णय दोहोर्याउँदै मन्त्रिपरिषद् बैठकमा मधेस आन्दोलनका मृतक परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गराएका छन् ।

शुक्रबार प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले प्रतिपरिवार १० लाख दिने निर्णय गरेको हो ।

जबकी यो निर्णय केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि नै गरेर वितरण कार्य पनी थालिसकेको थियो ।

तर, सरकारलाई समर्थन गरेको मधेसी मोर्चालाई फकाउन प्रचण्डले फेरि त्यही निर्णय दोहोर्याएका छन् ।

मन्त्रिपरिषदको यस्तो निर्णयपछि नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले १० दिने कुरा पुरानै होकि थपेर दिन लागेको भनेर प्रश्न गरेका छन् ।

पोखरेलले प्रचण्डलाई प्रश्न गरेका छन्- ‘मधेस आन्दोलनका क्रममा मरेकालाई अघिल्लो सरकारले नै रु १० लाख दिने निर्णय गरी वितरणको जिम्मा गृहलाई दिएको थियो । अहिलेको १० लाख त्यै हो कि फरक ?’

उनले अगाडि सोधेका छन्- ‘मधेस आन्दोलनमा मरेका परिवारले १० लाख वितरणको जिम्मा माओवादी नेतृत्वकै गृहमन्त्रालयको थियो । कुनैले नपाभए दिन मिल्थ्यो नि ! किन यो ‎गाइजात्रा ?

shankar-statusshankar-status-1