१ कार्तिक २०८३, आइतबार

पूर्व अभिनेत्री ममताको खातामा लाखौँ रुपैयाँ, सबै रोक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mamtaठाणे । महाराष्ट्रको ठाणे पुलिसले करोडौं रूपैयाँको इफेड्रिन रैकेटका सिलसिलामा पूर्व अभिनेत्री ममता कुलकर्णीलाई गुजरात, मुम्बई र अरु आसपासका क्षेत्रमा रहेका आठ बैंक खाताको कारोबारमा रोक लगाइदिएको छ । बन्द गराइएका खातामा ९० लाख विदेशी मुद्रा रहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय लागूऔषध कारोबारी तथा पति विक्की गोस्वामीसँग जोडिएको मुद्दामा पूर्व अभिनेत्री ममता फसेकी हुन् । गोस्वामीसँगै मिलेर ममताले विश्व बजारमा लागूऔषध पुगाउँदै आएकी छिन् । ममता र विक्कीलाई पक्राउ गर्न प्रहरीले प्रयास जारी राखेको छ । तर उनी फरार छिन् ।

लागूऔषधको कारोबारबाट कमाइ भएको पैसा हुन सक्ने प्रहरीले अनुमान गरेको छ । सोही कारण ममताका आठ खाता बन्द गरिएको समाचारमा उल्लेख छ ।

ममताका ती खातामा रहेको पैसाको आय स्रोतको खोजतलास सुरू गरिएको प्रहरीले जनाएको छ । मलाडस्थित एक निजी बैंकको खातामा ममता कुलकर्णीको ६७ लाख रुपैयाँ विदेशी मुद्रा रहेको उल्लेख छ ।

बाँकी २६ लाख रूपैयाँ कल्याण, बदलापुर स्ठाणे, परेल, नरीमन प्वाइंट, धारावी, राजकोट र भुजस्थित बैंकका खातामा पाइएको छ । ममताको खातामा पाइएको पैसाका विषयमा पुलिसले उनकी बहिनी र नातेदारहरूसँग सोधपुछ सुरु गरेको छ ।

लागूऔषध र बैंकमा पैसा राखिएको घटनामा १७ आरोपी छन् । १० जनालाई पक्राउ गरिएको छ । बाँकी आरोपी फरार छन् । ममताले भारतमा राखेको ठूलो परिणामको लागूऔषध यसअघि नै प्रहरीले बरामद गरेर मुद्दा चलाइसकेको छ । ममता भने अफ्रिकन मुलुकमा पतिसँग बसोबास गर्दै आएकी छिन् । – एजेन्सी