१ कार्तिक २०८३, आइतबार

‘राष्ट्रपति उम्मेदवार ट्रंपको म प्रशंसक होइन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khol Kardashinyaलसएञ्जलस । रियलिटी टिभी स्टार कोल करदाशियांले अमेरिकाको रिपब्लिकन पार्टीका राष्ट्रपति पदको उम्मेदवार डोनाल्ड ट्रंपको प्रशंसक नभएको बताएकी छिन् । उनले ट्रंपलाई मन नपराउने बताएर एकाएक चर्चामा आएकी छिन् ।

अन्तर्वार्ताका क्रममा कोलले भनेकी छिन्, ‘ट्रंपसँग टिभी शो “द सेलिब्रिटी एपरेंटिस’मा काम गर्दा खासै मजा आएन ।’ कोलकी आमा क्रिस जेनिफरले राष्ट्रपति पदका उम्मेदवार ट्रंपलाई असल व्यक्तिको संज्ञा दिएकी छिन् ।

कोलले ट्रंप राष्ट्रपतिका लागि उचित व्यक्ति नहुने समेत टिप्पणी गरेकी छिन् । ‘ट्रंप एक असल राष्ट्रपति नहुन सक्छन् । मलाई त्यस्तो लाग्छ ।’ उनले भनेकी छिन्, ‘मेरी आमाले मलाई ट्रंपसँग टिभी शोमा कुराकानी गर्न आग्रह गर्नुभएको थियो । त्यसपछि “द सेलिब्रिटी एपरेंटिस’मा बोलाएर कुराकानी गरेकी हुँ ।’

“द सेलिब्रिटी एपरेंटिस’ शोमा आफूले बिताएका हरेक मिनट आफ्ना लागि नकारात्मक रहेको कोलले उल्लेख गरेकी छिन् । कोलले भनेकी छिन्, ‘ट्रंपसँगको टिभी कार्यक्रम मेरा लागि अत्यन्तै नकारात्मक रह्यो ।’ – एजेन्सी