१ कार्तिक २०८३, शनिबार

इनोभेटिभ र रिलायन्स फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2काठमाडौं, २१ साउन । इनोभेटिभ इङलिस स्कुल र रिलायन्स रेसिडेन्सियल श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

रोमाञ्चक पहिलो सेमिफाइनलमा इनोभेटिभले आयोजक श्रीदिवा इन्टरनेसनल स्कुललाई ३३–३२ ले पराजित ग¥यो । निर्धारित समयको खेल २८–२८ को बराबरीमा सकिएको थियो ।

थप गरिएको ३ मिनेट पनि ३०–३० को बराबरीमा सकिएपछि पुनः ३ मिनेट समय थपिएको थियो । इनोभेटिभको जितमा ममता गुरुङले १४ अंक योगदान गरिन् । अर्को सेमिफाइनलमा रिलायन्सले डाफोडिललाई ३७–१९ ले हरायो । रिलायन्सकी रिना भण्डारीले १६ अंक जोडिन् ।

ब्वाइजतर्फ श्रीदवा र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) उपाधिका लागि भिड्ने छन् ।

श्रीदिवाले एलआरआईमाथि ४६–४४ को कठिन जित निकाल्यो । विजेताका भीमराज राईले १६ स्कोर गरे । विशाल राईको १७ अंक सहयोगमा एचएचसीएले माउन्ट कैलाशलाई ४७–४२ ले पाखा लगायो । फाइनल शुक्रबार हुनेछ ।