१ कार्तिक २०८३, आइतबार

विश्व चलचित्र महोत्सवमा नेपालीको सहभागिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ca– विजय थापा

सनफ्रानसिस्को । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सनफ्रानसिस्कोमा आगामी साता हुने विश्व चलचित्र महोत्सवमा सहभागी हुन नेपाली कलाकार धमाधम अमेरिका अवतरण गर्दैछन् ।

यस क्षेत्रका पूर्व पर्यटन दूत अनिल पाण्डेका अनुसार कौशल राणा, सुरज शाह, राजन गिरी, संजीव मिश्र र नलिना चित्रकार चलचित्र महोत्सवको आयोजकका रुपमा रहेका छन् । महोत्सवमा भाग लिन अभिनेत्री नीशा अधिकारी पनि आएकी छिन् ।

एफओजी (फेस्टिभल अफ ग्लोब)मा चार नेपाली चलचित्र प्रदर्शन हुँदैछन् । चलचित्र क्यामेरा टुबेल्ब सान जोसेमा प्रदर्शन हुने छन् ।

अधकट्टी, नमस्ते नेपाल, क्लासिक र के म तिम्रो होइन र नामका चलचित्र देखाइने कार्यक्रम छ ।

महोत्सवमा चलचित्रका अभिनेता–अभिनेत्री, निर्माता तथा निर्देशकको ७ अगस्तका दिन सान जोसेस्थित चलचित्र भवनमा सम्मान गरिनेछ ।

महोत्सवमा सगरमाथा आरोहण गरेका कलाकारको पनि सम्मान गरिनेछ । सम्मान कार्यक्रम १४ अगस्तमा रहेको जनाइएको छ ।

चलचित्र, संगीत, नृत्य, क्लाइम्बिङ (आरोहण), फेसन लगायतका विभिन्न विधामा महोत्सवमा प्रतिस्प्रद्धा हुनेछ ।