१ कार्तिक २०८३, आइतबार

टर्कीद्वारा धार्मिक नेता गुलेनमाथि पक्राउ आदेश जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gulenअङ्कारा (टर्की), २१ साउन । टर्कीको सरकारी अनादोलु न्युज एजेन्सीले अमेरिकामा स्वघोषित निर्वासनमा रहनु भएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको छ ।

टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले गुलेनलाई पक्राउ गर्न बिहीबार आदेश दिएको अनादोलुले बताएको छ ।

अदालतले गुलेनलाई जुलाई १५ मा टर्कीमा भएको असफल सैनिक विद्रोहका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको आरोप लगाउँदै सो आदेश दिएको बताइएको छ ।

सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा संलग्नता रहेको बताइरहँदा गुलेन र उहाँ सम्बद्ध धार्मिक सङ्गठनहरुले उक्त असफल ‘कू’ प्रयासमा आफूहरुको कुनै संलग्नता नरहेको जनाउँदै आएका छन् ।

गुलेन र उहाँका समर्थकले आफूहरु शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन् । –एएफपी