११ कार्तिक २०८३, बुधबार

ओलीले फुटाएका मन्त्रालयहरू गाभिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mantryalaकाठमाडौं, २१ साउन । नयाँ सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय संख्या घटाउन पहिले फुटाइएका मन्त्रालय जोड्ने सहमति भएको छ ।

संविधानअनुसार मन्त्रालय संख्या कम गर्न राज्यमन्त्री नै नराख्ने दुई दलबीच सहमति भएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

यसअघि भागबन्डा मिलाउनैका लागि मन्त्रालय फुटाएर ६ उपप्रधानसहित ४० सदस्यीय मन्त्रिपरिषद बनाएको केपी ओली सरकार व्यापक आलोचित भएपछि नयाँ सत्ता गठबन्धन दलबीच सुरुमै मन्त्रालय संख्या घटाउने सहमति भएको हो ।

सहमति अनुसार यसअघि फटाइएका कृषि र पशुपंक्षी । वाणिज्य र आपूर्ति मन्त्रालय गाभिने छन् । फुटाइएका गाभ्ने सहमति भएको कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।

‘पहिले तोडफोड गरिएका मन्त्रालय गाभेर संख्या घटाउनुपर्छ भन्यौं’, बडुले भने, ‘त्यसमा सहमति जुटेको छ, जुनजुन मन्त्रालय टुटाइउका थिए, ती गाभिन्छन् ।’

माओवादी केन्दका नेता दीनानाथ शर्माले पनि मन्त्रालय संख्या घटाउने र राज्य मन्त्री नियुक्त नगर्ने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच सहमति जुटेको पुष्टि गरे ।

यस्तै मन्त्रिपरिषद् पनि बढीमा २७ सदस्यीय बनाउने सहमति कांग्रेस–माओवादी केन्द्रबीच भएको छ ।