२६ कार्तिक २०८३, बिहिबार

हुम्लामा दुर्घटनाग्रस्त विमान कर्णाली नदीले बगायो, विस्तृत विवरण आउन बाँकी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Makalu-Air-Crash

हुम्ला, २० साउन । मकालु एयरको विमान दुर्घटना हुँदा विमान चालक साङ्गे लामा र सहविमान चालक प्रशान्त शाह गम्भीर घाइते भएका छन् ।

सुर्खेत जाँदै गरेको मकालु एयरको विमान अपराह्न ३ः३० बजे सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा कर्णालीका छेउमा खसेको थियो ।

लामा र शाहको सिम्रिक हेलिकम्परबाट उद्धार गरी सिमीकोट अस्पतालमा उपचार भइरहेको छ । उता दुर्घटनाग्रस्त विमान कर्णालीले बगाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस