काठमाडौं, २० साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा विहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई देश र जनातको नाममा सपथ खुवाउनुभएको हो ।
प्रधानमन्त्रीसँगै राष्ट्रपति भण्डारीले दुई उपप्रधानमन्त्रीसहित मन्त्रीहरुलाई पनी सपथ खुवाउनुभयो ।
सपथ ग्रहण समारोहमा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरु र कुटनीतिक नियोगका प्रमुखहरु सहभागी हुनुहुन्छ ।












प्रतिक्रिया