२६ कार्तिक २०८३, बिहिबार

आफूले रोजेको मन्त्रालय नपाएपछि अर्जुननरसिंह केसीले सपथ नलिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Arjun Narsing KC

काठमाडौं, २० साउन । आफूले रोजेको मन्त्रालय नपाएको भन्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले मन्त्री पदको सपथ नलिने भएका छन् ।

अहिले राष्ट्रपति कार्यालयमा भइरहेको सपथग्रहण कार्यक्रममा केसी सहभागी भएका छैनन् ।

केसीले उपप्रधानसहित गृह अथवा संघीय मामिला मामिला तथा स्थानीय विकास मन्त्रालयमा दाबी गरेका थिए । तर, आफूले भनेको मन्त्रालय नदिएरै सरकारमा पठाउन खोजेपछि केसी सपथ ग्रहणमा नगएको उनका सहयोगी सरोज केसीले जानकारी दिए ।

केसीले मागेको गृह मन्त्रालय पार्टी सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई दिएका छन् । निधीलाई पार्टीको नेतृत्व दिँदै देउवाले उपप्रधान एवं गृहमन्त्री बनाएका छन् ।

निधीसँगै आज सपथ लिने मन्त्रीको सूचीमा केसीको नाम पनी थियो ।