काठमाडौं, २० साउन । नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन मन्त्री पठाउने भएको छ ।
विहीबार बसेको माओवादी कार्यालयको बैठकले कृष्णबहादुर महरा, गौरीशंकर थारु र दलजित श्रीपाइलीलाई मन्त्री बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
८ मन्त्रालय पाएको माओवादीबाट महरा उपप्रधान तथा अर्थमन्त्री हुने भएका छन् । त्यसैगरी गौरीशंकर कृषि र दलजित युवा तथा खेलुकद मन्त्री हुने प्रवक्ता भुसालले बताइन् ।












प्रतिक्रिया