काठमाडौं, २० साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएपछि शहीद स्तम्भ लैनचौरमा माल्याअर्पण गर्ने कार्यक्रम छ ।
अरान्ह तीन बजे प्रचण्डले शपथ लिने कार्यक्रम छ । त्यसपछि दाहालले पुष्पलाल स्मृति पार्क चम्पादेवीमा माल्यअर्पणका साथै पार्टी केन्द्रीय कार्यालय सहिद तथा वेपत्ता योद्धा स्तम्भमा माल्यअर्पण गर्ने प्रेस नोटमा जनाइएको छ ।
नवनिर्वाचित प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आजै पदबहाली गर्ने कार्यक्रम छ ।
दाहाल बुधबार संसदबाट अत्याधिक मतसहित कांग्रेससहितका दलहरूको समर्थनमा विजयी भएका थिए ।











प्रतिक्रिया